१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

पोखरा- पहिलो सहभागितामै घरेलु मैदानमा स्वर्ण जित्ने सपनामा नेपाली महिला क्रिकेटलाई धक्का लागेको छ। श्रीलंकासँगको जीतले स्वर्णको लागि प्रतिस्पर्धामा उकाल्थ्यो। तर शुक्रबार पोखराको क्रिकेट मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) मा श्रीलंकासँग ४१ रनले पराजित भएपछि कास्यको लागि फेरी एकपटक माल्दिभ्ससँग नेपालले अन्तिम प्रतिस्पर्धा गर्ने छ।

टस जितेर व्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ११८ रनको स्कोर बनायो। केही महत्वपूर्ण क्याच नेपाली खेलाडीले छोड्दा लक्ष्य सयको आकडाँबाट उकालो लागेको थियो। एल अप्सराले २७ बल खेल्ने क्रममा ५ चौकासहित ३७ रन बनाईन्। उनको इनिङ्स श्रीलंकको लागि महत्वपूर्ण सावित भयो। उनीसँगै अज अन्जलीले पनि महत्वपूर्ण योगदान दिने क्रममा ३५ रन बनाईन्। ३६ बलको सामना गर्ने क्रममा १ चौका र २ छक्का हिर्काईन्। दुवैको रन रोक्न नसक्दा नेपालले लक्ष्य सोचेभन्दा केही बढी पाएको थियो।

मध्यक्रमकी एस सन्दिपानीले पनि २२ रन बनाईन्। २९ बल खेलिन्। एच माधवीले १६ रन बनाउन १९ बल खेल्दै २ चौका आफनो स्कोरबोर्डमा लेखाउन सफल भईन्। नेपाली बलर सोनु खड्काले एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिदैं दबावमा राखेपनि निरन्तरता दबाव सृजना भने हुन सकेन्। खड्काले ४ ओभरमा १३ रन दिई २ विकेट लिईन्। त्यस्तै एस.सी कुमारीले ४ ओभरमा २६ रन दिदैं २ विकेट आफनो नाममा राखिन्। काजल श्रेष्ठ व्यक्तिगत ८ रनको स्कोरमा खेलिरहदाँ श्रीलंकन खेलाडी माधवीले रन आउट बनाईन्। उनले २१ बल खेलिन्।

दोस्रो र तेस्रो विकेट भने विना रन नेपालले गुमाएपछि दबावमा पर्यो। सीता रानामगर ३ बलको सामना गर्ने क्रममा सन्दिपानीको बलमा क्याच आउटहुदैं शून्य रनमा पभेलियनको बाटो लिईन्। इन्दु बर्मा भने पहिलो बलमै एलबी डब्लुको धरापमा परिन्। सन्दिपानीको बलमा एलबी डब्लुको धरापमा परेपछि चौथो विकेटको रुपमा कप्तान रुबिना क्षत्री क्रिजमा छिरिन्।

कप्तान रुविना क्षत्रीले २८ बल खेल्दै १९ रन बनाउँदै क्रिज जम्ने प्रयासलाई एम रनतुङ्गाले असफल बनाईन्। क्षत्रीलाई एम.युमाशा थिमेशानीको हातबाट क्याच गराएपछि नेपालको कमजोर स्थितिमा पुग्यो। रुबिनाले दुई चौका हिकाईन्। कविता कुँवरले नटआउट १३ रनको स्कोर गरिन्। १३ बल नै खेलिन्। १ चौका खातामा चढ्यो। करुण भण्डारीले १८ बल खेल्दै १ चौकासहित १२ रनमा समेटिईन्। अप्सरी बेगमले पनि ११ रन बनाईन्। एकपछि अर्को व्याट्सवुमन आउट भएपछि दबावमा परेको नेपाल अन्तत ९ विकेटको क्षतिमा ७७ रनमै समेटियो। अब स्वर्ण पदकको लागि श्रीलकांले फेरी एकपटक बंगलादेशको सामना गर्दा नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्ने छ। खेलमा प्लेयर अफ दि म्याच सचिनी निसन्सला भईन्। उनले ४ ओभरमा १६ रनमा तीन विकेट लिएकी थिईन्।

 

प्रकाशित: २० मंसिर २०७६ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App