१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शैक्षिक मेला आयोजना हुने

काठमाडौं–आगामी बिहिबार र शुक्रबार १३औं अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना हुने भएको छ। राजधानीको नयाँ बानेश्वरमा रहेको अल्फाबिटा इन्टिच्युटको आयोजनामा सो मेला हुन लागेको हो।

अल्फाबिटा कम्प्लेक्स नयाँ वानेश्वरमा हुने उक्त मेलामा जापान, अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, मलेसिया, भारतसहित ७ देशका २० बढी शैक्षिक संस्थाहरुकासाथै प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले बताएको छ।

मेलामा विदेशमा पढ्न चाहने विद्यार्थीहरुले पढ्न चाहेको विषय, उचित विश्वविद्यालय(कलेजका साथै करियरका विषयमा विद्यार्थीहरुले विषेशज्ञबाट परामर्श लिन सक्नेछन्।

यस्तै विभिन्न कलेजहरुले दिने छात्रवृति योजनाबारे पनि विद्यार्थीहरुलाई जानकारी दिइनुकासाथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विज्ञहरुले प्रत्यक्ष तथा अनलाइनको माध्यमबाट परामर्श समेत प्रदान गर्ने अल्फाबिटाका प्रवन्धक सौरभ श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २८ मंसिर २०७३ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App