१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एकताबद्ध हुन ओलीको आग्रह

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले किरात समुदायको मुख्य पर्व उधौलीका उपलक्ष्यमा शुभकामना दिँदै संविधानप्रदत्त अधिकारको व्यवहारमा कार्यान्वयन गराउन नेपालीबीचको एकता झनै अनिवार्य भएको बताएका छन् ।

आफूले लगाएको अन्नबाली पाकेपछि कुल देउतालाई चढाएर मात्र खाने संस्कृति रहेको उधौली पर्व प्रकृति र पितृको पूजा तथा वातावरण र पर्यावरणसँग पनि सम्बन्धित रहेको जनाउँदै उनले संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरे ।

“सदियौँदेखि एकताबद्ध रहँदै आएका हामी मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक छ । मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबद्ध भएर अघि बढ्न उधौली पर्वले सबैमा प्रेरणा मिलोस्” – सन्देशमा भनिएको छ । रासस

प्रकाशित: २८ मंसिर २०७३ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App