१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल–भारत उद्योग बाणिज्य संघमा राणा

नेपाल–भारत उद्योग बाणिज्य संघ(निक्की)को २५ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित अध्यक्ष सृजना राणासहितका पदाधिकारी अर्थमन्त्री युवराज खतिवडासँग सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः नागरिक

काठमाडौं - नेपाल–भारत उद्योग बाणिज्य संघ(निक्की)को अध्यक्षमा सृजना राणा निर्विरोध निर्वाचित भएकी छिन्। राणा यसअघि संघको उपाध्यक्ष थिइन्। बिहीवार राजधानीमा सम्पन्न संघको २५ औं वार्षिक साधारण सभाबाट रााणाको नेतृत्वमा नयाँ समिति चयन भएको हो। समितिको सदस्यमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्रलाल प्रधान, हेमराज ढकाल, आरबी रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधिर मित्तल, सुनिल के.सी निर्वाचित भएका छन्।

कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्रको सुधारका लागि सरकार प्रयासरत रहेको बताए। सरकारले विदेशी लगानी आह्वान गरिरहेकाले भारतबाट लगानी ल्याउनका लागि नेपाल–भारत उद्योग वाणिज्य संघको महत्वपूर्ण भूमिका हुने बताए। पर्यटन वर्षमा भारतीय पयर्टक आगम वृद्धि हुने खतिवडाले विश्वास व्यक्त गरे। खतिवडाले लगानीकर्ताको सहजताका लागि औद्योगिक व्यवसाय ऐन, लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा), एकल विन्दु सेवा केन्द्र सञ्चालन गरेको बताए।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिव सिंह पुरीले दुई देशबीच सम्बन्धलाई थप मजबुत बनाउन नेपाल–भारत उद्योग बाणिज्य संघले थप सघाउने विश्वास व्यक्त गरे। दुई देशबीचको कनेक्टिभिटीले व्यापार वृद्धिमा सघाउ पुग्ने बताए। नवनिर्वाचित अध्यक्ष राणाले दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्न सघाउने बताइन्। राणाले नेपाल–भारत संयुक्त कार्यदलको दोस्रो बैठकबाट पारित निर्णयहरुको कार्यान्वयनमा योगदान पु-याउने बताइन्।

प्रकाशित: २० मंसिर २०७६ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App