१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जलविद्युतमा जनतालाई शेयर दिने मोडालिटी छिट्टै ल्याउने उर्जामन्त्रीको भनाइ

बिराटनगर–उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत आयोजनामा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल मोरङ शाखाले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले  जल विद्युत आयोजनाका जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने बताएका हुन्।

‘जलविद्युत आयोजनामा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा उर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ,’ मन्त्री शर्माले भने।
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनामा जनतालाई ३० प्रतिशत शेयर दिने नीति रहेको छ।  मन्त्री शर्माले लोडसेडिङ फेरि नफर्काउने गरी मन्त्रालय र विद्युत प्राधिकरणले काम गरिरहेको जानकारी दिए।

प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन मन्त्रालय लागिपरेको जिकिर गरे।  लोडसेडिङ अन्त्य भएपछि व्यापार व्यवसाय, शान्ति सुरक्षा र समग्र अर्थतन्त्रको क्षेत्रमा उत्साहजनक सुधार आएको भन्दै मन्त्री शर्माले लोडसेडिङ सदाको लागि अन्त्य गर्ने गृहकार्य भइरहेको बताए।

उनले अँध्यारोको विरुद्ध उज्यालो ल्याउने अभियानमा बाधा हाल्ने कसैलाई पनि नछाड्ने चेतावनी दिए। मन्त्रालयले स्पष्टीकरण सोधेका ३ जना प्राधिकरण संचालकतर्फ संकेत गर्दै मन्त्री शर्माले उज्यालो अभियानमा अबरोध खडा गर्नेलाई कार्वाही गरेरै छाड्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २८ मंसिर २०७३ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App