१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिमाना विवादलाई सद्भावपूर्ण रुपमा समाधान गर्नुपर्छः नेता नेपाल

११ औं कपिलवस्तु महोत्सवको जितपुरमा उदघाटन गर्दै नेकपा वरिष्ठ नेता माधव नेपाल । तस्बिरः नागरिक

कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले भारत र नेपालबीच देखिएको सीमा विवादलाई सदभावपुर्ण तरिकाले समाधान गनुृपर्ने बताएका छन्। नेपालका विभिन्न स्थानका सीमा मिचिएको भारतले केही दिन अघि नक्सा जारी गरेपछि मुलुकमा त्यसको चर्को विरोध भईरहेको छ।

प्रधानमन्त्री केपी ओलीले त्यसको निकासका लागि वरिष्ठ नेता नेपालालाई  बनाइएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सयम लिएर सीमा विषयमा भारत जान लागेका नेता नेपालले भारत र नेपालको सीमा विवाद आपसी छलफलमा समाधान गर्नुपर्ने उल्लेख गरे। बाणगंजा वेलफेर सोसाईटीद्धारा बाणगंगा नगरपालिकाको बुद्ध रंगशलामा आयोजित ११ औ कपिलसस्तु महोत्सवकोे पानसमा दीप बालेर उदाटन गर्दै सो कुरा बताएका हुन्।

‘सबैसगँको सम्बन्धलाई भाईचाराको रुपमा स्थापित गरी मित्रवत भावना राखेर सिमानाका सवालाई सद्भाव पूर्ण रुपमा समाधान गर्नुपर्छ’ उनले भने। चार घन्टा पछि आफनो बोल्ने पालो आएको भन्दै उनले आसनग्रहण, मन्तव्यलगातयका अनावश्यक समय खर्च गर्ने परम्परालाई सुधार्नुपर्ने बताए। उनले मुलुकलाई विकासको नयाँ उचाइ र नयाँ अभ्यास बढाउने गरी अघि लानुपर्ने जिकिर गरे। उनले विकासका चाहानाहरु असिमित रहेको र नजर दौडाउने हो भने श्रोत र साधनसमेत प्रशस्त रहेको बताए।

उनले नेपाल हिन्दु र बुद्धको फ्युजन भएको र हिन्दु र बुद्धको उदगमस्थल भएको बताए। ‘विश्वमा रहेको एक अर्ब हिन्दु र त्यत्ति हाराहारीमा रहेका बुद्धधर्मावलम्बीहरु  छन्, धार्मिक पर्यटनको विकास गरिए मुलुकले यसैबाट फकडको मार्छ’ उनले भने। 

नेता नेपालले नेपाल पर्यटकीय हिसाबले महात्वपूर्ण देश भएकाले यहाँका पुरातात्विक सम्पदा, धार्मिक विविधता, सबै जोगाएर अगाढि बढ्नुपर्ने बताए। नेता नेपालले विश्व शान्तिको क्षेत्र लुम्बिनी नजिकै रहेको र शान्तिको देश भनि विभिन्न राष्ट्रका राष्ट्र प्रमूखहरुदेखि सामान्य नागरिकहरु पनि नेपालमा घुम्न आउने र यहाँको ईतिहास विश्वसामु फैलाउने गरेको बताए। उनले घुमाउरो पाराले लुम्बिनी नै पाँच नम्बर प्रदेशको नामाकरण उपयुक्त हुने पनि धारणा व्यक्त गरे।

त्यस्तै पूर्वकृषि मन्त्री चक्रापणी खनाल बलदेवले आफूले खसि र बोका तथा धुलो दुध आयातमा रोक लगाएर कृषकहकरुको हितमा काम गरेको बताए। उनले आफनो कार्यकालमा कृषि क्षेत्रमा उल्लेखनीय काम गरेको र त्यसको परिणाम केही वर्षमै देखिने बताए। उनले जिल्लामा २८ करोडको कृषि हाटबजारको निर्माण कार्य अघि बढेको र कृषि अनुसन्धान केन्दसमेत जिल्लामा बन्ने गरी कार्य अघि बढाएको बताए। उनले जिल्लामा कृषि सँग सम्बन्धित विभिन्न पूर्वाधारहरु अगाडि बढेको तर पर्याप्त नभएको बताए।

त्यस्तै पूर्वराजदुत दिपकुमार उपाध्यायले दलिय विवाद गर्ने समय अब नभएको भन्दै सबै मिलेर विगतका गल्ति कमजोरी र चुकेका विषयहरुलाई आत्मसाथ गर्दै विकासका लागि अगाडि बढ्नुपर्ने बताए्।

त्यस्तै प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमानले कपिलवस्तुको वाणगंगा क्षेत्रले सिंगो जिल्लालाई नै अगाडि बढ्न मद्धत पु¥याएको भन्दै लुम्बिनी प्रदेश र तिलौराकोटलाई प्रदेशको राजधानी बनउनुपर्नेमा जोड दिए। ढाई सय बढि व्यवसायिक स्टलहरु रहेको महोत्सवमा ५० बढि प्रदर्शनी स्टल राखिएका छन्।

दुई दर्जन बढि राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको प्रस्तुतीसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने उद्ध्ेश्यले युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको मेला मुल आयोजक समितिका निर्देशक दिनेश क्षेत्रीले बताएका छन्। महोत्सव पौष १ गते सम्म संचालन हुँदैछ।

प्रकाशित: १९ मंसिर २०७६ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App