१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँ जोड्न करोडका सडक

बाजुरा- सडकसँग सदरमुकाम जोडिन २२ वर्ष कुर्नु पर्‍यो । २०५२ सालमा शिलान्यास गरिएको सडक २०७३ सालपछि मात्र मार्तडी पुग्यो र २०७५ पछि मात्र कालोपत्रेको काम सम्पन्न भयो । सदरमुकाम पुग्न समय लागेपनि गाउँमा भने दु्रत गतिमा सडक जोडिने संकेत देखिएको छ ।

ग्रामिण सडकका लागि मात्र करोडौंको मात्रामा बजेट विनियोजन गरिएको छ। वर्षौ पहिलेदेखि कच्ची सडकका रुपमा रहेको ग्रामिण सडकहरुमा कालोपत्रे सहितको बजेट विनियोजन गरिएको प्रदेश ख का निर्वाचित सांसद एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए ।

यो वर्ष मात्र तीन वटा ग्रामिण सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छ भने एउटा राजमार्ग सडका लागि कालोपत्रे गर्न प्रदेश सरकारले नै क्रमागत रुपमा राखेको छ । संघिय सरकारबाट पनि सडककै लागि बजेटलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ ।

तीन वटा ग्रामिण सडकमध्ये मार्तडी घटमुना सडकको कालोपत्रे कार्य सुभारम्भ गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लागतमा कालोपत्रे निर्माण कार्य थालिएको सडकको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्घाटन गरेका हुन् ।

पहिलो चरणमा दोहोरो कटिंगसहित ६ किलोमिटर बाटो कालोपत्रे गर्ने तयारी गरिएको छ । १५ करोड ८३ लाख ७२ हजार सात सय ६८ रुपैयाँ बराबरको बजेट लगानीमा कालोपत्रे हुन लागेको हो । निर्माणको जिम्मा धुलीखेल ग्वाल्बा श्यामा एण्ड शंकर जे.भि.ले ठेक्का लिएको छ ।

मार्तडीदेखि भौनेरासम्म पहिलो चरणमा सडक कालोपत्रे गर्ने सुरु गरिएको छ । सडक कालोपत्रेको गत कार्तिक ७ गते देखि ०७८ पौष १५ गतेसक्ने गरी सम्झौता अवधी रहेको छ । सडक करिब ८ मिटर चौडाई मध्ये सात मिटर कालोपत्रे र १ मिटर ढल निकास गर्ने गरी कालोपत्रे गरिने छ ।

यस्तै सेरा आटीचौर ११ किलोमिटर सडकमध्ये करिब ६ किलोमिटर सडक यसै वर्षबाट कालोपत्रेको काम सुरु हुने भएको छ । ठेक्का भई निर्माण कम्पनी समेत छनोट भएर कामको प्रक्रिया सुरु भईसकेको छ । १५ करोड बढीकै लागतमा यो वर्ष बल्देबाट धुरालसैनसम्म पहिलो चरणमा कालोपत्रे हुने सम्झौतामा लेखिएको छ ।

बाम्का सारेदेउ टाँटेसम्मको ग्रामिण सडक पनि यसै वर्षबाट निर्माण कार्य सुरु गरिने भएको छ । त्यो बाटोको पनि काम तत्काल सुरु गरिने भएको छ । यसै वर्षबाट प्रदेश सरकारको गौरवका योजना अन्र्तगत सिंगडा, थामलेक, आटीचौर मार्तडी सडक डबल कटिकंको कार्य प्रारम्भ गरिएको छ ।

६ करोड बढी बजेट राखेर उक्त बाटो निर्माण सुरु गरिएको छ । हाल जीप सेवा सञ्चालन भईरहेको सडकलाई थप विस्तार गर्ने गरी काम थालनी गरिने नेकपाका नेता लालबहादुर ओलीले बताएका छन् । यस्तै मार्तडी कोल्टी राजमार्ग सडकको कालोेपत्रे कार्यपनि सुरु गरिएको छ । काम मार्तडीकको वाउलीबाट सुरु नै गरिसकीएको बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।

जिल्लाका नौवटै स्थानीय तहका केन्द्रसम्म पुग्ने गरी ग्रामिण सडक कालोपत्रे तथा स्तरउन्नती गर्ने गरी बजेट लगानी गरिएको पूर्वाधार विकास कार्यालयका डिई जंगबहादुर थापाले बताएका छन् । बाजुरामा यो वर्ष उल्लेख्य बजेट आएको छ, केही वर्षभित्रै सबै ग्रामिण सडक पनि कालोपत्रे हुने र हालको समस्या हट्ने थापाको विश्वास छ ।

प्रकाशित: १९ मंसिर २०७६ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App