१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जोगबुडाको जंगलमा बेवारिसे शव फेला

जंगलमा बेवारिसे अवस्थामा फेला परेको शव ।

डडेल्धुरा- भित्रिमधेश जोगबुडाको जंगलमा बेवारिसे शव फेला परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडा स्थित सुन्दरी सामुदायिक वनमा एक बृद्धको शव फेला परेको हो ।

आलिताल गाउँपालिका–४ मेलगाँजाका ७२ वर्षिय उदय कामीक शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनायो ।

बिहीबार दिँउसो उनको शव बेवारिसे अवस्थामा फेला परेको हो । घासँ काट्ने महिलाहरुले शव देखे पछि प्रहरी लाई खबर गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक जनक बहादुर मल्लले बताए ।

डोटिको दानकोट पुख्र्याैली घर भएका मृतक कामि बिगत २० दिन देखि हराईरहेका थिए । उनी बिगत एक बर्ष देखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेको प्रहरीले जनायो ।
 

 

प्रकाशित: १९ मंसिर २०७६ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App