१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

स्वरसम्राट नारायण गोपालको २९औं स्मृती दिवस मनाइँदै

काठमाडौं - स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस बिहीबार काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो।

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै छन्। उनका कालजयी गीतहले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ। प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिन्थे। त्यसैले त करिब १ सय गीतमा आवाज भरेका उनका सबै गीत कालजयी छन्।

यो सम्झिने मन छ, म बिर्सूं कसरी’,। आँखा छोपी नरोउ भनी भन्नु प¥या छ’,। एउटा मान्छेको मायाले कति’ जस्ता कालजयी गीतहरुमा आवाज दिनुभएका स्वरम्राटको स्वर माधुर्यले अहिलेपनि लोकप्रियताको सगरमाथा चुमिरहको छ। त्यसैले त स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App