१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ओखलढुंगामा पुननिर्माण ८७ प्रतिशत

ओखलढुंगा–भूकम्प गएको चार वर्षको अवधिमा ओखलढुंगामा करिब ८७ प्रतिशत नीजि आवास पुननिर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार छ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले नीजि आवास पुननिर्माण सकेका हुन्।

१९ हजार चार सय चार जना लाभग्राहीले भूकम्प प्रतिरोधी घर निर्माणको काम सम्पन्न गरी तेश्रो किस्ता लिएका छन्। यो कुल पहिलो किस्ता लिने संख्याको आधारमा करिब ८७ प्रतिशत हो। जिल्लामा पहिचान भएका २१ हजार तीन सय ७७ लाभग्राही थिए। जिल्लाको आठ स्थानीय तह मध्ये सबै भन्दा बढी ९८.७ प्रतिशत लिखु गाउँपालिकामा पुननिर्माणको काम सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख युवराज खरेलले बताए।

 प्रमुख खरेलका अनुसार लिखु गाउँपालिकाका तीन हजार दुई सय ६२ लाभग्राही मध्य तीन हजार दुई सय १९ ले आवास पुननिर्माण सम्पन्न गरेका छन्। यसका साथै सुनकोशी गाउँपालिकामा ९८, चम्पादेवी गाउँपालिकामा ९७.६, मोलुङ् गाउँपालिकामा ९७.१ र खिजिदेम्बा गाउँपालिकामा ९६.४ प्रतिशत नीजि आवास पुननिर्माण सम्पन्न भएका हुन्।

  बाँकी रहेका चिशंखुगढी गाउँपालिकामा ९४.७, मानेभञ्ज्याङ गाउँपालिकामा ९३.४ र सबै भन्दा कम सिद्धिचरण नगरपालिकामा ९३ प्रतिशत पुननिर्माणको काम सम्पन्न भएको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्याङ्क अनुसार ओखलढुंगामा प्रवलिकरणको नजिता शून्य छ। चार हजार ६५ लाभग्राही प्रवलिकरणका लागि पहिचान भएका थिए। यस मध्ये दुई हजार सात सय ५० जना लाभग्राहीले प्रवलिकरणका लागि पहिलो किस्ता लिए पनि कुनैले पनि आफ्नो घर प्रवलिकरण नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ। प्रवलिकरण तर्फ तेश्रो किस्ता लिन आउने लाभग्राहीको संख्या शून्य छ।

 

 

प्रकाशित: १८ मंसिर २०७६ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App