ट्रायथोलनमा नेपाललाई छ पदक

बुधबार, १८ मङि्सर २०७६, १४ : २६ नागरिक

पोखरा– नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न ट्रायथोलन स्पर्धामा नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ।

यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल पदक तालिकामा शीर्षस्थानमा रहन सफल भयो। 

प्रतियोगितामा नेपालले छ पदक हासिल गर्दा भारतले पाँच तथा श्रीलङ्काले चार पदक जित्न सफल भए। आयोजक नेपालले ट्रायथोलनमा एक स्वर्ण तथा एक कास्य, डुआथोलनमा एक स्वर्ण तथा दुई रजत पदक तथा मिक्स रिलेमा एक रजत पदक जितेको छ।

ट्रायथोलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र डुआथोलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक÷एक स्वर्ण नेपाललाई दिलाएका थिए।

डुआथोलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमी बुढा मगरले रजत पदक तथा सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र वसन्त थारुको टिमले ‘मिक्स टिम रिले’ मा रजत पदक दिलाए। त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए। 

त्यसैगरि भारतले ट्रायथलनमा एक स्वर्ण, दुई रजत र एक कास्य तथा मिक्स रिलेमा एक स्वर्ण पदक जित्यो। श्रीलङ्काले डुआथोलनमा एक स्वर्ण र दुई कास्य तथा मिक्स रिलेमा एक कास्य पदक जितेको छ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न ‘मिक्स रिल’ को फेवातालमा ३ सय मिटर पौडी, छ दशमलव पाँच किमी साइक्लिङ र साढे दुई किमी दौड एक घण्टा ३५ मिनेट २० सेकेण्डमा पूरा गरी भारतले स्वर्ण पदक जितेको छ। 

त्यसैगरी नेपालले एक घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत तथा एक घण्टा ४१ मिनेट २१ सेकेण्डमा तय गरिएको दूरी पार गरी श्रीलङ्काले कास्य पदक प्राप्त गरेको थियो। भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायाथोलन खेल प्रतियोगितामा समावेश गरिएको थियो। १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो। 

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक पदक जितेकामा प्रशिक्षक सानुभाइ पौडेलले खुशी व्यक्त गरे। खेलाडीले डटेर खेलेकाले नै बलियो टोली भारतलाई पदक तालिकामा पछि पार्न सम्भव भएको बताउँदै उनले पाँच पदक आश गरेकोमा त्यो भन्दा बढी पदक जितेकोमा खेलाडीको प्रशंसा गरे। 

डुआथलनमा स्वर्ण विजेता टमाटाले आवश्यक खेल सामग्रीको अभावमा समेत आफूहरुले देशको नाम राख्नुपर्दछ भनेर मेहनत गरेर खेलेको बताए। प्रतियोगिताको बुधबार समापनका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता खेलाडीलाई पदक वितरण गरे। 

प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटीमा महासचिव एवं नेपाल ट्रायथोलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले व्यक्तिगत रुपमा स्वर्ण पदक विजेतालाई नगद एक लाख, रजतलाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार दिने घोषणा गरे। त्यसैगरी गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समेत पदक विजेता खेलाडीलाई क्रमश २५ हजार, १५ हजार र १० हजार पुरस्कार दिने बताए।  रासस





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad