१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एथ्लेटिक्समा दिपकलाई कास्य

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषको एथ्लेटिक्स १० हजार मिटरमा नेपालका दिपक अधिकारीले कास्य पदक जितेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा दिपकले ३० मिनेट ५०.०६ सेकेण्ड लगाएर कास्य जिते। प्रतियोगितामा भारतलाई स्वर्ण प्राप्त भएको छ। भारतका सुरेश कुमारले २९ मिनेट ३३.६१ सेकेण्डमा उपाधी जिते।

श्रीलंकाले भने रजत पदक जितेको छ। सान मुगेशस्वरनले ३० मिनेट ४९.२० सेकेण्ड लगाएका हुन्। महिला एथ्लेटिक्समा भने नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी थिइन्।

प्रकाशित: १८ मंसिर २०७६ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App