१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्याडमिन्टनको व्यक्तिगत प्रतिस्पर्धामा नेपालको निराशाजनक प्रदर्शन

पोखरा– १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको ब्याडमिन्टन प्रतियोगिताको व्यक्तिगत स्पर्धामा नेपालका दीपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिएका छन्।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको खेलमा तीनै जनाले कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएका हुन्।

नेपालका दीपेश धामी पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए। दीपेशले मुरदलाई २१–१५ र २१–१३ को सोझो सेटमा खेल सुम्पिएका हुन्। त्यस्तै नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन्।

नङ्साल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन्। अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन्।

प्रकाशित: १७ मंसिर २०७६ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App