१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दुई वर्षदेखि बेहाल निकोसेरा सडकः स्थानीयले गरे सवारी आवतजावतमा रोक

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि निकोसेराबासीहरुले दुई वर्षदेखि बेहाल निकोसेरा सडकखण्ड यथाशिघ्र मर्मत गरिदिन माग गर्दै सवारी आवागमनमा रोक लगाएका छन्। मंगलबार भक्तपुरको सल्लाघारीबाट काठमाडौं पुग्ने अरनिको राजमार्गको मुख्य वैकल्पिक सडकको रुपमा रहेको सल्लाघारी जडिबुटीको मुख्य सडक अन्तर्गतको निकोसेरा क्षेत्रको बिग्रेको सडक मर्मत नगरेपछि स्थानीयहरुले विरोधस्वरुप सडकमा सवारी आवतजावतमा रोक लगाएका हुन्।

सडक खण्ड अन्तर्गत निकोसेरोको अजिमा आयल स्टोर (पेट्रोल पम्प) देखि दुई सय ५० मिटर पूर्व पुरानो लोगो गार्मेन्ट (गाखु चोक) का दुई ठाउँंहरुमा बाँंसहरु तेर्साएर सडकमा सवारी आगामन अवरुद्ध पारेका हुन्। सवारी आवागमन अवरुद्ध पार्न सयौंको संख्यामा निस्केका पीडितले बिग्रेको सडक खण्डमा बाँस तेर्साएर सवारीआगामनमा रोक लगाएका थिए।

चार लेनको यो सडक खण्डको निकोसेरा क्षेत्रमा दुई वर्षदेखि सडक बेहाल छ। कालोपत्रे गरिएको सडक हाल ठूलाठूला खाल्डाुखल्डीमा सडक परिणत भएको यो क्षेत्रमा वर्षा हुँदा पोखरी जस्तो भएर सवारी आवातजावत आफैं बन्द हुने गर्दै आएको छ। वर्षामा पुरै पानी जमेर सडक नै नदेखिने कारण आफै यातायात अवरुद्ध हुने सडकको यो खण्डमा हिउँंदमा भने धुलो उडेर धुलाम्ये हुँंदै आएको छ। 
स्थानीय राजु कैटीले गएको वर्षामा विरोधको कार्यक्रम गर्दा ‘अहिले पानी जम्ने कारण काम गर्न सकिंदैन, त्यसकारण हिउँंदमा बनाइदिन्छौ’ भनेको तर अहिलेसम्म पनि कुनै सुनुवाई नभएपछि स्थानीयले आफैं स्वतस्फुर्त रुपमा सवारी आवागमनमा रोक लगाउन पुगेको बताए। ‘दुई सय ५० मिटर सडक खण्ड मर्मत सुधार गर्न पनि दुई वर्षमा नसक्ने सरकार, स्थानीय नगरपालिका, सडक विभागले अरु के गर्न सक्छ होला? उनले प्रश्न गरे।

गएको वर्षामा ठूला टिपर आवागमनका क्रममा भाँंसिएपछि यो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको थियो। त्यसपछि केन्द्रिय सरकारकोसमेत ध्यानाकर्षण भएको थियो। त्यसपछि स्थानीयले गरेको विरोधपछि त्यहाँं टिपरलाई उद्धार गरी दुई गाडी गाभ्रेल ल्याई मिलाइएको स्थानीयले स्मरण गरे।

स्थानीय निशुल प्रजापतिले मंगलबारको विरोधपछि बुधबारबाट अस्थायी मर्मतसुुधार गर्ने सहमति भएको जनाए। मध्यपुर थिमि नगरपालिकामा भएको बैठकपछि यस्तो सहमति भएको जनाइएको छ।

जति पटक बनाए पनि राम्रो निकासको अभावमा पटकपटक बिग्रँंदै आएको हो। वर्षाको बेला पानी जाने निकासको उचित अभावमा सडक बिग्रंदै आएको स्थानीयले जनाए। यो ठाउँंमा वर्षाको बेला चारैतिरका सबै पानी सडकमा पुगेर जम्न पुग्छ। जमेको सडकमा सवारीसाधन गुड्दा कालोपत्रे सडक पटकपटक बिग्रँंदै आएको स्थानीयले बताए।

प्रकाशित: १७ मंसिर २०७६ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App