नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित

मङ्गलबार, १७ मङि्सर २०७६, ०९ : ४८ नागरिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्काल चीन भ्रमण स्थगित गरेका छन्। यही मंसिर २४ वा २६ गते चीन जाने कार्यक्रम तय भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारकै क्रममा अस्पतालमा भर्ना भइराखेको अवस्थामा विदेश भ्रमणमा जान उपयुक्त नहुने भन्दै उनले तत्काललाई भ्रमण स्थगित गरेका हुन्।

अध्यक्ष दाहाल सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली निवास फर्केपछि मात्र दाहालको चीन भ्रमण तय हुनेछ। नेकपाका ६० सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहाल चीन जान लागेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। शनिबार दिउँसो भएको एक कार्यक्रममा उनले आफू चीन भ्रमणमा जान लागेको बताएका थिए।

उनले आफ्नो टिममा जाने नेताहरू छनोट गर्ने भन्दै शनिबार केही नेताहरूलाई खुमलटारस्थित आफ्नो निवासमा बोलाएर छलफलसमेत गरेका थिए। तर उनले आइतबार साँझ नै आफ्नो भ्रमण स्थगित गरेका हुन्। ‘प्रधानमन्त्री स्वास्थ्य लाभ गरेर निवास फर्केपछि मात्रै उहाँ चीन भ्रमणमा जानुहुनेछ,’ दाहालको सचिवालयमा कार्यरत एक सदस्यले भने। प्रधानमन्त्री ओली एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उपचाररत छन्।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad