१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ओस्कार विजेता अभिनेता नेपाल भ्रमणमा

काठमाडौं – ओस्कार विजेता अभिनेता एड्रियन ब्रोडीले हालै सगरमाथा आधा शिविरसम्मको भ्रमण पूरा गरेका छन्। गत साता नेपाल आइपुगेका अभिनेता ब्रोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सगरमाथा आधा शिविरसम्मको यात्राबारे जानकारी गराएका थिए।

नेपाल आएलगत्तै द्धारिका होटलमा बसेका उनीसहितको टोली सितापाइलास्थित एक गुम्बामा रहेका आनीहरुको कुम्फु आर्ट हेरेका थिए। उनीसँग यस भ्रमणमा सुपरमोडल अन्ना एन्ड्रेस र फ्रिडा आसेनसहितको टोलीले सगरमाथा आधा शिविरसम्मको ट्रेक पूरा गरेको थियो।

नेपाल आएपछि उनले इन्स्टाग्राममा लेखेका थिए, ‘फेरि नेपाल आउनु पाउँदा खुसी छु। यसपटक कुम्फु आर्टमार्फत सशक्त भइरहेका बालिकाहरु सहकार्य गरेर उनीहरुको ज्ञान बुझ्ने अवसर पाएँ। यो माहोल मिलाइदिएकोमा सबैप्रति आभारी छु। नमस्ते।’

सोलगत्तै उनले पोस्ट गरेको अर्को फोटोको क्याप्सनमा लेखिएको थियो, ‘साहसिक यात्रा सुरु भयो।’ सगरमाथा आधा शिविरसम्मको यात्राको क्रममा उनीसहितको टोलीका अन्य सदस्यहरुले विभिन्न फोटोहरु इन्स्टाग्राममा पोस्ट गरेका थिए।

उनी चार वर्षअघि नेपाल भ्रमणमा आएका थिए। विनासकारी भूकम्पले क्षतिग्रस्त काभ्रे र सिन्धुपाल्चोकमा विभिन्न स्थानमा पुगेर स्थानीयहरुलाई सहयोग गरेका थिए। ‘द पियानिस्ट’ का लागि एकेडेमी अवार्ड जितेका हलिउड अभिनेता एड्रियन ‘मिडनाइट इन पेरिस’, ‘थ्रर्ड पर्सन’, ‘द ग्राण्ड बुडापेस्ट होटेल’, ‘द भिलेज’, ‘हाई स्कुल’ र ‘किङ कङ’ लगायत फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: १७ मंसिर २०७६ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App