१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोला तर्न यस्तो सकस !

जाजरकोट-पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ। सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन्।

खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ । अहिले केही स्थानीय बासिन्दाले खोलामा काठ राखेर डोरीको सहायताले खोला तर्न सहयोग गरिरहेका छन् । रुकुम, जाजरकोट र डोल्पाका मानिस आवतजावत गर्ने प्रमुख बाटोमा पर्ने घेत्माखोलामा पक्की पुल नहुँदा बर्सेनि यस्तै हैरानी हुन्छ ।

जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ आएकी जाजरकोटकी सांसद रीता रावललाई पनि घेत्माखोला तर्न उस्तै सकस भयो । स्थानीय बासिन्दाको सहयोगमा खोला तरेपछि सांसद रावलले २५ रुपैयाँ दिइन्। उनीसँग मात्रै होइन खोला तारेर सहयोग गरेबापत सबैले २५ रुपैयाँ दिनुपर्ने खोला तार्दै आएका स्थानीयवासी सेतु खत्रीले बताए।

जाजरकोट–डोल्पा सडकको राडी छेपारे सडकखण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिएबापत सांसद रावलले २५ रुपैयाँ तिरेकी हुन्। “सहयोग बिना खोला तर्न गाह्रो छ”, खोला तरेपछि एक यात्रु सुनिता बोहराले भनिन्। खोलाबाट वारपार गर्न समस्या भएपछि प्रतिव्यक्ति २५ रुपैयाँ लिएर काठ र डोरीको सहायताले यात्रुलाई तार्ने गरेको खत्रीले बताइन्।

यात्रुले रकम तिरेर खोला तर्न बाध्य भएको र यातायातका साधन तर्ने गरी पक्की पुलको व्यवस्थाका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने सांसद रावलले बताइन्। घेत्मा खोलाको यो क्षेत्र रुकुम क्षेत्र नं २ का सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्माको क्षेत्र हो । रासस
 

 

प्रकाशित: १७ असार २०७३ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App