१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यसरी बनाइयो सागलाई भव्य (फोटो फिचार)

काठमाडौं– दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरिन्। 

उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रदास तिमल्सिना, उपराष्ट्रपनि नन्दबहादुर पुन, प्रधानन्याधीश चोलेन्द्र शमशेर जवरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, खेलकुदमन्त्री जगत विश्वकर्मा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत सहभागी भएका थिए। 

उद्घाटन समारोहमा सात देशको मार्चपाससहित विभिन्न झाँकी प्रदर्शन गरिएको थियो। मार्चपासमा नेपालको झण्डा भरोत्तलनका कमलबहादूर अधिकारीले बोकेका थिए। प्रदर्शनमा पाँच हजारले सहभागिता जनाएका थिए।

सागमा सात देशका तीन हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। सागमा कूल २८ वटा विभिन्न विधाका प्रतिस्पर्धा हुने छ। जसका लागि काठमाडौं, पोखरा र जनकपूर गरि २९ वटा भेन्यू चयन गरिएका छन्। उद्घाटन समारोह २ घण्टा ५० मिनेट सञ्चानल भएको थियो। 
 

 

 

 

तस्बिरहरुः राजन शाह

प्रकाशित: १५ मंसिर २०७६ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App