२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हजुरबुवाबाट नातिनी बलात्कृत

ओखलढुंगा– ओखलढुंगामा हजुरबुवाबाट नातिनी बलात्कृत भएकी छिन्। मोलुङ गाउँपालिकाकी एक १५ वर्षिया बालिकालाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षिय वृद्धबाट बलात्कृत भएकी हुन्।

बुधबार वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

बालिकाको पेट अस्वभाविक रुपले बढेकाले आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसंगै वृद्धले बलात्कार गरेको घटना सार्वजानिक भएको हो। बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ।

बालिका सुस्त मनस्थिती र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रशुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताइन्। बालिका जिल्ला स्थित एक सुरक्षित आवास गृहको शरणमा छिन्।

 

प्रकाशित: १५ मंसिर २०७६ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App