१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कपिलवस्तु-१० मा राजपाकी मिश्रा निर्वाचित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा वडा अध्यक्षमा भएको उपनिर्वाचनमा राजपाकी मन्जु मिश्र निर्वाचित भएकी छिन्। निर्वाचन कार्यालयका अनुसार ८ सय ६८ मत ल्याई उनि विजयी भएकी हुन्।

उनका निकटतम प्रतिद्धन्दी काँगे्रसका देव भारतीले ४ सय ६५ मत ल्याएका छन्। निर्वाचनमा कूल २ हजार ७२ मध्ये १ हजार ७ सय २२ मत खसेको थियो। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरेका थिए।

२१ मत बदर भएको छ। शिवराज नगरपालिको चन्द्रौटामा शनिबार राति मतगणना भएको थियो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो।

वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिष्पर्धा रहेको थियो।

प्रकाशित: १५ मंसिर २०७६ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App