१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुरुष भलिबलको फाइनमा भारत

काठमाडौं– १३ दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको हो। 

पहिलो सेमिफाइनलको पहिलो सेटमा भारतले जित्यो। उक्त सेटमा भारतले २७–२५ ले बाजि मार्यो। भारतले दोस्रो सेट भने २५–१९ ले जित्यो।

प्रतिस्पार्धात्मक बनेको तेस्रो सेटमा भने श्रीलंका हाबी भयो। उक्त सेटमा श्रीलंका २५–२१ ले जित्यो। तर चौथो सेट श्रीलंकाले २५–२१ ले नै हारेपछि भारत ३–१ ले फाइनलमा प्रवेश गरेको हो।  भारत समूह ‘ए’को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

श्रीलंका भने समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलको दोस्रो खेलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्। उक्त खेलमा विजयी हुने टोलीले भारतसंग गोल्ड मेडलका लागि प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित: १५ मंसिर २०७६ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App