१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

साकेला–३ मा नेकपा विजयी

खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेद्वार विजयी भएका छन्। रिक्त वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेद्वार शिवकला राई वडाध्यक्षमा निर्वाचित भएकी हुन्।

राति साँढे ९ बजे सम्पन्न मत गणनाको परिणाम अनुशार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ मत र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रमुख मातृकाप्रसाद आचार्यले बताए । समाजवादीका उम्मेद्वार रमेश राईले १५ मत र राप्रपाका उम्मेद्वार इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका छन्।

निर्वाचनमा १७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो।

वडाध्यक्षमा विजयी शिवकला तिनै स्वर्गीय मणीकुमारका श्रीमती हुन्। खिदिमामा कुल मतदाता १ हजार ३०३ मध्ये ५०५ मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विजयी भएसँगै शिवकला खोटाङको पहिलो र एकमात्र महिला वडाध्यक्षको इतिहास बनाएकी छन्। दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन एमालेका उम्मेद्वार मणीकुमारले २७९, तत्कालिन माओबादी केन्द्रका उम्मेद्वार राजेन्द्रकुमार राईले २७१ र कांग्रेसका उम्मेद्वार चौककुमार राईले १५८ मत प्राप्त गरेका थिए।

प्रकाशित: १४ मंसिर २०७६ १५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App