१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आयोजकले पैसा नदिएपछि कलाकार बेखर्ची !

आयोजकबाट ठगिएको भन्दै संचारकर्मीसँग गुनासो गर्दै कलाकारको टोली(दायाँबाट क्रमश अनुु शाह, हिमालसागर र दिनेश भारती आईतवार अपरान्ह होटल जरामा । तस्बिरः खगेन्द्र अधिकारी

खगेन्द्र अधिकारी

ताप्लेजुङ–  आयोजकले पारिश्रमिक नदिएपछि ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिवार आयोजना भएको साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउन आएको नेपालकै चर्चित कलाकारको टोली ‘बेखर्ची’भएर फुङलिङमै अड्किएका छन्।

आईतवार सांझ नै काठमाण्डौ पुगिसक्नुपर्ने कलाकारको टोली आयोजकले शर्त अनुसार दिनुपर्ने रकम नदिएपछि समस्यामा परेको हो । गायक हिमालसागर, गायिका सत्यकला राई,नायिका अनुु शाह र गायक दिनेश भारतीको टोलीले समस्यामा परेको जानकारी दिएको छ । आईतवार अपरान्ह कलाकार बसेको होटल जरामा संचारकर्मीहरुसंग कुरा गर्दै गायक हिमालसागरले आफुहरुलाई आयोजकले समस्यामा पारेको बताए । उनले आयोजकले दिनुपर्ने रकम नदिएर कलाकारको‘बेईज्जत’गरेको टीप्पणी पनि गरे । उनका अनुसार आईतवार सांझ उनले राजधानीको होटल हायातमा हुने एक कार्यक्रममा प्रस्तुती राख्ने कार्यतालिका थियो । हिमालसागरले ताप्लेजुङमा शनिवार कार्यक्रम आयोजना गर्ने आयोजक टोलीबाट पाएको धोकाका कारण आफुले होटल हायातमा दिने प्रस्तुती रोक्नु परेको बताए ।‘शनिवार राती कार्यक्रम सकिनासाथ आयोजक टोली एकाएक लापत्ता भयोे’हिमालसागरले भने‘पछि फोनमा कुरा गर्दा उल्टै धम्की खेप्नुपर्यो’ । उनले सम्मानित क्षेत्रमाथि हुने यस्ता खालका आक्रमण बिरुद्ध उभिन सबैसंग आवहन पनि गरेका छन् । गायक भारतीले आयोजकले सर्त अनुसारको रकम दिन गरेको कञ्जुस्याईका कारण आफुुले पाँचथरको नाँगीमा आयोजित कार्यक्रमको सहभागिता गुुमाउनु परेको बताए । उनले कलाकारलाई अपमानित गरिएको टीप्पणी गरे ।

माता पाथीभरा फिल्मस् प्रालिको नामबाट शनिवार ‘पाथीभरा रेड कार्पेट कन्सट टु’कार्यक्रम आयोजना गरिएको थियो । आयोजकले हिमालसागरलाई ५० हजार,सत्यकलालाई ४० र भारतीलाई २० हजार दिने शर्त सहित कार्यक्रममा बोलाएको थियो । भारतीका अनुसार सत्यकलाले आयोजकबाट कार्यक्रममा आउनुपुर्व २० हजार रकम पेश्की लिने बाहेक अरु कुनै कलाकारले आयोजकबाट रकम पाएका छैनन् । नायिका शाहलाई कसम पाथीभरा नामक चलचित्रमा अभिनय गर्नेगरी माता पाथीभरा फिल्मस् प्रालिले शर्त गरेको थियो । गायक भारतीले नायिका शाहले शनिवारकै कार्यक्रममा लागि रकमको कवोल नगरेपनि उनीमाथि पनि ठगि भएको बताए । कार्यक्रमका संयोजक बद्रि लामगादेले भने आफुलाई थाहै नदिई कार्यक्रम संयोजक भनेर व्यारनमा प्रचारवाजी गरिएकोले आफु समस्यामा परेको बताए । उनले कार्यक्रम संयोजक भनेर व्यानरमा लेख्दै आफुलाई फसाईको भन्दै यसका लागि कलाकार मित्र लिङदेनलाई दोष दिएका छन् । उनले कलाकारको सम्मानका लागि आफुले सुन जाकट राखेर भएपनि रकम खोजी गर्दै गरेको र संकलन भएमा दिएर पठाउने योजना रहेको जानकारी दिए ।

यता आरोपित कलाकार लिङदेनलाई भने प्रहरीले आईतवार दिउसोबाट नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक होमनाथ दाहालले कार्यक्रममा बोलाएर कलाकारलाई शर्त अनुसार दिने यातायात खर्च नदिने लगायतका दर्जनौं व्यक्तिका मौखिक तथा लिखित उजुरीका आधारमा लिङदेनलाई नियन्त्रणमा लिएको जानकारी दिए । दाहालका अनुसार लिङदेनले थुप्रैलाई बिभिन्न सांगितिक बिधामा आईडल बनाईदिने भन्दै उनीहरुबाट रकम असुल गरेको अभियोग छ । शनिवारको कार्यक्रमका संयोजक भनिएका बद्रि सहितका व्यक्तिले आफुलाई लिङदेनले ठगि गरेको भन्दै साधा उजुरी प्रहरीमा दिएको प्रहरी निरिक्षक दाहालले जानकारी दिए । लिङदेन यसअघि पनि सांगितिक कार्यक्रमका बिभिन्न बिधा सञ्चालनका दौरान परेका उजुुुरीका आाधारमा प्रहरी हिरासतमा परि सकेकोले उनी माथि गहिरो अनुसन्धान गर्ने प्रहरीले अडान लिएको छ ।
 

प्रकाशित: २६ मंसिर २०७३ १४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App