१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
मुख्य समाचार

छड्केमा एक सय कर्मचारी अनुपस्थित !

काठमाडौं– कर्मचारीको कार्यसम्पादन प्रभाबकारी नभएको गुनासो आएपछि आपूर्ति मन्त्रालयले आज माताहतका निकायको छड्के अनुगमन गरेको छ । अनुगमनमा करिब १ सय कर्मचारी अनुपस्थित भेटिएका थिए ।

मन्त्रालय, उपभोक्ता हित तथा आपूर्ति व्यवस्था विभाग, नेपाल आयल निगम, खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशनमा अनुगमन गरेको थियो । करिब सवा १० पछि गरिएको अनुगमनमा उप—सचिब, निर्देशकसहित अधिकांश तल्लो तहका कर्मचारी नभेटिएको प्रवक्ता सुर्य श्रेष्ठले बताए । ‘समयमा उपस्थित भएर सेवा नदिएको गुनासो आएपछि अनुगमन गरेका हौं,’ श्रेष्ठले भने, ‘बिना जानकारी कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारबाही गर्छौं ।’
 

प्रकाशित: २६ मंसिर २०७३ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App