१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ओलम्पिक टर्च पोखरामा

सागको पूर्वसन्ध्यामा शुक्रबार पोखरा आइपुगेको ओलम्पिक टर्चलाई बजार परिक्रमा गराइँदै। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - आइतबारबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पूर्वसन्ध्यामा ओलम्पिक टर्च पोखरा आइपुगेको छ। सागको यो संस्करणमा काठमाडौं, पोखरा र जनकपुरमा खेल हुनेछ। काठमाडौं स्वयम्भुबाट सुरु भएको ओलम्पिक टर्च -याली शुक्रबार पोखरा ल्याइएको हो। टर्चलाई ओलम्पियनसहित अन्य खेलाडीले पोखरा रंगशालाबाट नगर परिक्रमा गराएका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च -याली  आयोजना गरिएको हो।

ओलम्पिक टर्च ६ जना ओलम्पियनले बोकेर देशका प्रमुख सहरमा पु-याउने क्रममा पोखरा ल्याएका हुन्। सागको ओलम्पिक टर्च -यालीमा नेपालका चर्चित ओलम्पियन टीकाराम श्रेष्ठ, जीतबहादुर केसी, मुकुन्दहरी श्रेष्ठ, ज्ञानबहादुर बोहरा, कान्छीमाया कोजु र राजकुमारी पाण्डे  सहभागी भएका थिए।

-यालीमा सागका डेपुटी सेभ द मिसनसमेत रहेका नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, १३औं साग स्थानिय सहजिकरण समितिका सदस्य मोहन रेग्मी, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीलगायत खेल संघका पदाधिकारी, कर्मचारी एवम् खेलाडीहरूको सहभागिता रहेको थियो। टर्च -याली आइतबार काठमाडौं पु-याइनेछ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App