१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बद्लिँदै गाउँ, रोकिँदै बसाइसराई

सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली बजार।

सिन्धुली- स्थानीय तहका कार्यलयहरु गाउँमै खुलेसँगै बसाईसराई रोकिन थालेको छ। सिंहदरबारको अधिकार गाउँमा पुगेसँगै गाउँमै व्यापार व्यवसाय चल्न थालेपछि सहरीकरण बढ्न थालेको हो।

सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउन स्थापना भएका स्थानीय नियकायको कार्यालय रहेका आसपासका स्थानीय सोही स्थानमै पक्कि संरचना बनाउदै व्यापार व्यवसायमा लागेपछि बसाइसराई समेत न्युनिकरण भएको छ। दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा नगरपालिका तथा गाउँपालिका रहेको आसपासमा सहर बढ्न थालेको छ। स्थानीय निकायका कार्यलयहरु स्थापनासँगै चहलपहल तिब्र बढेपछि सो क्षेत्रका स्थानीयले स्थानीय तहको केन्द्र रहेको आसपासमा वस्ती विकाससँगै सहर बन्न थालेका हुन्।

ठाउँअनुसारको वस्ती विकास तथा पक्कि घरहरु धमाधम निर्माण हुँदा व्यवस्थित सहर बन्न थालेका छन्। स्थानीय निकायका कार्यलय र राजमार्गले छोएका स्थानमा धमाधम वस्ती विकास हुन थालेपछि ति क्षेत्रमा सहरीकरण बढ्न थालेको हो। विपी राजमार्ग, मध्येपहाडी राजमार्ग र निर्माणाधिन मदनभण्डारी राजमार्गले छोएका छन्।

यहाँको दुधौली मरिण तथा गोलञ्जोर गाउँपालिकाको खुर्कोट सुनकोसी गाउँपालिकाको कार्यलय रहेको आसपासमा सहरीकरण बढ्दै गएको स्थानीय बताउँछन्। मरिण तिब्र गतिमा विकास भइरहेको क्षेत्र हो, मरिण गाउँपालिका प्रमुख पानीराज बम्जनले भने, यस क्षेत्रमा विकासको गति तिब्र भएसँगै सहरीकरण समेत बढ्दै गएको छ। उनले सडक सञ्जालले घेरिनु र गाउँपालिकाको कार्यलय रहेकाले मरिणको कपिलाकोट छाप क्षेत्रमा तिब्र गतिमा बस्ति विकास भएको बताए।

सदरमुकाम सिन्धुलीमाढीको बजार बाहेका अन्य विभिन्न स्थानमा ठूला सहर हुने देखिएको छ। दश वर्ष अगाडीसम्म भिमेश्वरको खुर्कोटमा भोक मेटाउन खाजा पाउन हम्मेहम्मे पथ्र्यो। गोजिमा पैसा भए पनि होटल पसलको समस्याले भोकै हिड्न बाध्य हुनुपर्ने समस्या थियो। तर अहिले सुविधासम्पन्न होटलनै सयांैको सङख्यामा भइसकेको स्थानीय बताउँछन्।

बिपी राजमार्गको निर्माण भएपछि विस्तार हुन थालेको खुर्कोट बजारलाई नजिकै ग्वालटारमा रहेको गोलञ्जोर गाउँपालिकाको कार्यालयले थप चहलपहल बढाएको छ। खुर्कोट सुविधासम्पन्न सहरनै बनिसकेको स्थानीय बताउँछन्। मध्यपहाडी लोकमार्ग खुर्कोट मन्थली सडक खण्ड र बिपी राजमार्गको संगमस्थल पनि हो।

याात्रुलाई खाना खुवाउन र खुर्कोट बास बस्न इच्छुकले सुविधासम्पन्न लजमा खुर्कोटमै बस्न सक्ने गरि होटल तथा लज निर्माण भएका छन्। यतिमात्र नभएर निर्माण सामाग्री इलेक्ट्रोनिक सामाग्री कपडा भाडालगायत घरायसी भान्छामा प्रयोग हुने सामाग्री सम्पुर्ण पसल खुर्कोटमै छ।

सदरमुकाम सिन्धुलीमाढीमा पाइने सामाग्री खुर्कोटमै पाइन थालेको स्थानीय बताउँछन्। राजमार्गको निर्माणपछि धमाधम पक्कि घरहरु बन्ने कामहुनुका साथै सडक आसपासका प्रत्येकले व्यापार व्यवसाय गर्दा खुर्कोट सहर भएको गोलञ्जोर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवास देवकोटा बताउँछन्।

खुर्कोट सुविधा सम्पन्न सहर बन्दै छ, उनले नागरिकसँग भने दैनिक परिवर्तन भइरहेको छ। टायल ब्लक काठलगायतले निर्माण भएका घरहरु पक्कि संरचनामा ढालेर बजारीकरण बनाइदै गरेको स्थानीय भन्छन्। अबको पाँच वर्षमा दुधौली ठूलै सहर बन्छ, दुधौलीका स्थानीय विश्वास शाहीले भने, विकासको गतिसँगै बदलिदै छ दुधौली।

दुधौली बजार क्षेत्रमा हाल पक्कि बाटोसहित स्थानीयको घरहरु समेत पक्कि संरचनाले बन्दै गएको शाहीले बताए। हेटौडा सिन्धुली चतरा-मदन भण्डारी-राजमार्ग दुधौली हुँदै निर्माण भएपछि व्यवसाय र बसोबासका लागि समेत दुधौली धेरैको रोजाईमा पर्न थालेको छ। त्योसँगै दुधौली नगरपालिकाको कार्यलयनै त्यस क्षेत्रमा रहेकाले सहर बन्दै गएको छ।

दुधौलीको मुख्य बजार क्षेत्रमा एउटा सटरको भाडा पाँच देखि १० हजारसम्म पर्न थालेको स्थानीयको भनाइ छ।

 

 

प्रकाशित: १३ मंसिर २०७६ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App