१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल सेमिफाइनलमा श्रीलंकासंग भिड्ने

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको सेमिफाइनमा नेपाल श्रीलंकासंग भिड्ने भएको छ।

समुह ‘बी’को विजेत श्रीलंका भएपछि समुह ‘ए’को उपविजेता नेपालले श्रीलंकालाई प्रतिद्वन्द्वी पाएको हो। बिहीबार दिउँसो त्रिपुरेश्वर स्थित कवर्डहलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा हरएको थियो।

श्रीलंकाले २५–१५, २५–१८ र २५–१४ ले विजयी भएको होे। खेलमा माल्दिभ्स निरीह देखियो। पराजित माल्दिभ्स समूह उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ। पाकिस्तानले खेलमा सहभागिता नजनाएपछि समुह ‘बी’मा दुई टोली छन्। अब माल्दिभ्सले समूह ‘ए’ को विजेता भारतसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ।  

समुह ‘ए’ मा नेपाल बंगलादेशसंग विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। दोस्रो खेलमा भारतसंग पराजित भएपनि नेपाल तीन अंक सहित दोस्रो चरणमा प्रवेश गरेको हो। भारत भने समुहका दुई खेल जित्दै समूह विजेता बन्यो। समूह तालिकामा भारतको ६ अंक छ। 

बुधबार भएको नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो। बिहीबारको दोस्रो खेलमा भने नेपाल भारतसंग २६–२४,२५–१२ र २५–१६ ले पराजित भयो। 

यता भारतले शुत्रबार भएको खेलमा बंगलादेशलाई २५–८, २५–११ र २५–९ अन्तरले पराजित गरेको हो। समुह ‘बी’ मा भने पाकिस्तान, श्रीलंका र माल्दिभ्स सहभागी थिए।

तर पाकिस्तान खेल्न नआएपछि समुह ‘बी’ मा एक मात्र खेल भएको हो। श्रीलंका र माल्दिभ्सबीच भएको उक्त खेलमा श्रीलंकाले बाजि मारेको हो। सेमिफाइनलका खेल भोली सनिबार हुने छ। 

प्रकाशित: १३ मंसिर २०७६ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App