१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या आरोपमा चार पक्राउ

कञ्चनपुर- कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयद्धारा हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो।

अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

पन्तको बिहीबार छिमेकीको मोटरसाइकलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग बिवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए। उनको उपचारका क्रममा दीपकको मृत्यु भएको थियो।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नंको मोटरसाइकल र म३प १०७० नंको स्कुटी बरामद गरेको छ।
 

प्रकाशित: १३ मंसिर २०७६ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App