विद्यालय समयमा टिप्पर रोक्न माग

शुक्रबार, १३ मङि्सर २०७६, १४ : ३९ नागरिक

धम्बोझी- बर्दिया सदरमुकाम गुलरिया बजारदेखि जब्दी पुलसम्मको सडकलाई विद्यालय समयमा सुरक्षित सडक घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्। विद्यालय समयमा राधाकृष्ण चोकदेखि सुरू हुने सडकमा अत्यधिक विद्यार्थीको चाप हुने र त्यस सडकमा १२ स्कुल पर्ने भएकाले दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासीले सुरक्षित सडक घोषणा गर्न माग गरेका हुन्।

सो सडकबाट राधाकृष्ण बगलामुखी, महाकवि लक्ष्मीप्रसाद देवकोटा मावि, जनज्योति हाईयर सेकेण्डरी स्कुल, सनराइज स्कुल, लिटिल ह्याभन, बागेश्वरी बोर्डिङ, जनमुखी, बालमन्दिरलगायत विद्यालयका सयौँं विद्यार्थी आवतजावत गर्ने हुँदा दुर्घटना बढेको भन्दै बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र अपरान्ह ३ बजेदेखि साढे ४ बजेसम्म सुरक्षित सडक घोषणा गर्न माग गरिएको छ।

सडक निकै साँघुरो र विद्यालय समयमा आधादर्जन टिपर गुड्ने हुनाले दुर्घटनाको जोखिम बढेकाले यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको सुहलेवा गाउँका मसुली चौधरीले बताए। विद्यालय समयमा सो सडकमा बढी टिपर गुडेपछि विद्यार्थीको यात्रा असुरक्षित भएका तर्फ ध्यानाकर्षण गराउँदा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले तत्काल ट्राफिक प्रहरी परिचालन गरिने बताए।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad