१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाैद्धमा प्रहरी बिट र तीनवटा मोटरसाइकल जल्यो, तनाव कायमै

बाैद्ध क्षेत्रमा जलाइएको माेटरसाइकल। तस्विर: केशव थाेकर

काठमाडाैं-राजधानी काठमाडाैंको बाैद्ध नयाँ बस्तिमा प्रहरी र स्थानीयबीच ट्याक्सी चालको मृत्युको विषयलाई लिएर तनाव भैरहेको छ। आक्रोशित स्थानीयले प्रहरी बिट जलाएका छन्।

ट्याक्सी चालको शंकास्पद मृत्युको विषयमा स्थानीय प्रदर्शनमा उत्रिएपछि नियन्त्रणको प्रयास गर्दा प्रहरी-स्थानीयबीच तनाव भएको हो। आक्रोशित स्थानीयले प्रहरी बिट र तीन मोटरसाइकलमा आगजनी गरेका छन्। प्रहरीले १३ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

शनिबार अचेत ट्याक्सीमा अवस्थामा भेटिएका दोलखा घर भएका, बाैद्ध नयाँबस्ती बस्ने ट्याक्सी चालक ३६ बर्षीय रामकुमार लामाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। तर स्थानीयले उनको हत्या भएको भन्दै दोषी पक्राउ गर्न माग गरेर प्रदर्शन गरेका हुन्।

लामाको शनिबार बेलुका मृत्यु भएको महानगरीय प्रहरी बृत्त बाैद्धले जानकारी दिएको छ। घटनाबारे छानविन भैरहेको प्रहरी भनाइ छ। बाैद्धमा आक्रोशित स्थानीय र प्रहरीबीच तनाव जारी रहेको त्यहाँ रहेका नागरिकन्युजकर्मी केशव थोकरले जानकारी दिए। ‘प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ, स्थानीयको प्रदर्शन रोकिएको छैन,’ थोकरले भने।

प्रकाशित: २६ मंसिर २०७३ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App