१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर यातायात तथा पर्यटन सेफ्टी कार्यशाला हुने

काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अन्तर्राष्ट्रिय यातायात तथा पर्यटन सम्बन्धी बृहत कार्यशाला काठमाडौंमा हुने भएको छ। चिनियाँ हाइवे एन्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा उक्त कार्यशाला हुन लागेको हो।

नेपाल अटोमोबाइल्स एसोसिएसका महासचिव तथा कार्यक्रम संयोजक आशिष गजुरेलले कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बिआरआई एन्ड पर्यटन, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटी जस्ता एक दर्जनभन्दा धेरै कार्यपत्र प्रस्तुत गरिने जानकारी दिए।

‘सम्मेलनमा पर्यटन र यातायात सम्बन्धी दर्जनभन्दा धेरै कार्यपत्र प्रस्तुत गरिनेछ,’ उनले भने, ‘सम्मेलनमा एक दर्जनभन्दा धेरै मुलुकका विज्ञहरुको सहभागिता रहनेछ ।’ कार्यशालामा चिनियाँ सरकारी तथा व्यावसायिक क्षेत्रको प्रस्तुति रहने आयोजकले जनाएको छ।

नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु,पर्यटन क्षेत्रका विज्ञ तथ ाव्यवसायिहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्तअधिराज्य, बंगलादेशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने संयोजक गजुरेले जानकारी दिए।

सो कार्यशालामा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको विशेष प्रस्तुतिका साथै सातवटै प्रदेश सरकारका पर्यटकीय निकायले समेत प्रत्यक्ष रुपमा सहभािगता जनाउनेछन्। यो कार्यशालामा ड्राइभ टुरिजम र टुरिजम सेफ्टी विशेष प्रथामिकतामा राखेर गर्न लागिएको हो।

महासचिव गजुरेलले यो कार्यशालाले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न महŒवपूर्ण अवसर भएको बताए। सो कार्यशालाको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने तय गरिएको छ।

प्रकाशित: १३ मंसिर २०७६ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App