१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दोदा पुल निर्माण अलपत्र

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माणकार्य अलपत्र परेको छ। पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि निर्माणकार्य अलपत्र परेको हो।

विसं २०७२ पुस २६ देखि सुरु भएको पुलको निर्माणकार्य एक वर्षदेखि ठप्प छ। देखतभुली–पर्सिया जोड्ने १७० मिटर लामो पक्की पुल विसं २०७५ पुस २६ गतेसम्म निर्माण सम्पन्न गरिनुपर्ने समय निर्धारण गरिएको थियो।

फुटपाथसहित दुई लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठले परियोजनाको संयुक्त कार्यमा प्राविधिक समस्या औँल्याएपछि निर्माणकार्य ठप्प भएको छ।

पुलको डिजाइनमा समस्या आएकाले पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए। पुलको डिजाइनमा समस्या रहेछ। निर्माण व्यवसायीले पुलको डिजाइन पुनरावलोकनको माग गर्दै पत्र दिएको छ।

हिउँदमा काठे पुलको प्रयोग हुने गरेको भए पनि वर्षातमा नदीमा पानीको बहाव उच्च हुने भएकाले यस क्षेत्रको आवतजावत ठप्प हुने गरेको छ। आकस्मिक समस्या परे स्थानीय बासिन्दाले वर्षाका बेला ज्यान जोखिममा राखेर दोदा नदी तर्नुपर्ने बाध्यता छ।

प्रकाशित: १२ मंसिर २०७६ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App