१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्माणाधिन झोलुङ्गे पुलको टावर ढल्यो

ओखलढुंगा –निर्माणाधिन झोलुङ्गे पुलको टावर भाचिएको छ। फिकल गाउँपालिका–६ तिनखण्डे सिन्धुली र सुनकोशी गाउँपालिका–१ बलखु ढेबुवा ओखलढुंगा जोड्ने सुनकोशी नदिमा निर्माण भईरहेको झोलुङ्गे पुलको सिन्धुली पट्टिको टावर विहिबार फेदै देखि भाँचिएको हो।

पुलको लठ्ठा टाङ्न तयार पारिएको टावर अचानक ढलेको तिनखण्डेका अङ्गधन राईले बताए। ठेकेदारले पुलको टावर निर्माणका लागि प्रयोग गरेको सामान कमसल भएकाले पुलको टावर ढलेको राईको बुझाई छ।

राम्रो संग जोईन हुन बाँकी रहेको पुलको जडानका क्रममा प्रयोग गरिएको सपोर्ट कामदारले खोलेका कारण पुल भाँचिएर ढलेको निर्माण कम्पनीका प्रतिनिधी अर्जुन राईले बताए। ‘टावर जडान गर्दा टेनसन (सपोर्ट) वायर लगाउनु पर्छ’ उनले भने ‘राम्रोसंग जडान नहुँदै कामदारले सपोर्ट खोलेका कारण पुलको टावर ढलेको हो।’ काम दारको लापरवाहीले पुल ढलेको हो।, चाँढै पुननिर्माण गरि काम सम्पन्न गर्ने राईले बताएका छन्।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरबाट आर्थिक वर्ष २०७३–०७४ मा २०७६ असार मसान्त भित्र काम सम्पन्न गर्ने गरि शंकर लालि एडी जेभीले एक करोड १६ लाखमा ठेक्का पाएको थियो। म्याद सकिएको करिब पाँच महिनामा पुलको दुवै तिरको टावर निर्माण भईरहेको बेला एकापट्टिको टावरको फेदै भाचिएर ढलेको हो।

 

प्रकाशित: १२ मंसिर २०७६ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App