१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सो दुर्घटनामा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।  

प्रहरीका अनुसार मृत्यु हुनेमा ना १४ प १६३ नम्बरको मोटरसाइकलको पछाडी सवार २८ वर्षीय पुरुष व्यक्ति रहेका छन्। उनको नामथर खुल्न सकेको छैन। सोही मोटरसाइकलका चालक गम्भिर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: १२ मंसिर २०७६ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App