१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

शेर्पालाई काल्सबर्ग गल्फ उपाधि

काठमाडौं- पेम्बा शेर्पाले शनिबार गोकर्ण फरेस्ट गल्फ रिसोर्टको कोर्समा सम्पन्न काल्सबर्ग गल्फ २०१६ को उपाधि जितेका छन्। ८ ह्यान्डिक्यापका साथ खेलेका पेम्बाले उपाधिमा कव्जा जमाउने क्रममा स्टेबलफोर्ड ३७ स्कोर गरेका थिए। उनका निकट प्रतिद्वन्द्वी राजेन्द्र श्रेष्ठ स्टेबलफोर्ड ३६ स्कोरका साथ उपविजेता भए। समान स्कोर गरेका महेशविक्रम कार्की भने तेस्रो स्थानमा सिमित भए। समान ३६ स्कोर भए पनि काउन्ट ब्याकमा महेशविक्रम राजेन्द्रभन्दा पछि परेका थिए।

३५ ग्रस स्कोर गरेका विजय श्रेष्ठले बेस्ट ग्रसको उपाधिसँगै लङगेस्ट ड्राइभको पुरस्कारमा पनि कव्जा जमाए। लङगेस्ट ड्राइभको उपाधिका लागि उनले १८ औं होलमा ३ सय ३० यार्ड टाढा सट प्रहार गरेका थिए।

समग्रमा तेस्रो स्थान हासिल गरेका महेशविक्रम ६० वर्षभन्दा माथिको सिनियर विधातर्फको विजेता भए। १० औं होलको प्रदर्शनमार्फत उनले क्लोजेस्ट टु दी पिनको पुरस्कारमा पनि कव्जा जमाएका थिए। सिनियर विधामा स्टेबलफोर्ड ३४ स्कोर गरेका सशी सिंह उपविजेता बने।

यसैगरी २७ स्कोरका साथ प्रतिमा शेर्पाले महिलातर्फको उपाधिमा कव्जा जमाउँदा २५ स्कोर गरेकी कल्पना लिम्बु उपविजेता भइन। वाङचेन धेन्दुपले सर्बाधिक बर्डीको पुरस्कार जिते। प्रतियोगितामा उनले चार बर्डी प्रहार गरेका थिए।

स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डिक्यापमा १८ होलमा खेलाइएको प्रतियोगितामा कुल ९० खेलाडीको सहभागिता थियो। प्रतियोगिताका विजेताहरुलाई शनिबारै एक समारोहका बीच मुख्य प्रायोजक गोर्खा ब्रुअरीका प्रवन्ध निर्देशक अरुण अधिकारी, बजार निर्देशक बैभव शर्मा, विक्री निर्देशक काजीमान सुब्बा तथा गोकर्ण गल्फ क्लबका अध्यक्ष सुरिद घिमिरेलगायतले पुरस्कृत गरे।

प्रकाशित: २६ मंसिर २०७३ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App