१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक प्रतिशत सहुलियत कर्जा लगानी गर्न आग्रह

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले मुलुकभरका बैंकलाई कूल कर्जाको कम्तीमा एक प्रतिशत सहुलियत कर्जा प्रवाह गर्न आग्रह गरेका छन्। राष्ट्रिय युवा परिषदले बुधबार राजधानीमा आयोजना गरेको सहुलियतपूर्ण कर्जा उपलब्ध गराई युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन्।

‘यदि बैंकले कूल कर्जाको एक प्रतिशत मात्र पनि ऋण दिएको भए आजसम्म ३० अर्ब रुपैयाँ लगानी भइसक्थ्यो भने करिब ६० हजार जना युवा स्वरोजगार पाउथे,’ अर्थमन्त्रीले भने। राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बंैक, नेपाल बंैक र एनएमबी बैंकले सहुलियत कर्जा वितरण गर्न परिषदसँग गरेको सम्झौतामा आफू साक्षी बसेकाले कुनै पनि हालतमा कार्यक्रम सफल पार्न उनले निर्देशन दिए।

मन्त्री खतिवडाले यसअघि सरकारले उपलब्ध गराउँदै आएको नगद अनुदान रोक्ने विषयमा छलफल भइरहेको बताए। उनले भने, ‘नगद अनुदान दिँदा उत्पादनका क्षेत्रभन्दा पनि विलाशितामा खर्च गर्न सक्ने भएकाले आगामी दिनमा उत्पादनका साधनमा अनुदान दिन्छाैं।’

बेरोजगार युवालाई कर्जा उपलब्ध गराउन सरकारले गरिबी निवारण कोष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, स्वावलम्बन कोषलगायत कोष सञ्चालन गरी आफैंले बैंकको काम गरेको आरोपसमेत लगाएका छन्। उनले सरकार आफैले बंैक बन्न खोजेकाले ‘बैंकक्रप्ट’ हुनसक्ने बताए।

त्यसैगरी, बंैंकबाट सहज रुपमा सहुलियत कर्जा दिन समस्या भएको भन्ने गुनासो आउने गरेको बताउँदै उनले भने, ‘म कहाँ केही इमेल आएका छन्। ती गुनासोमाथि सूक्ष्म अध्ययन भइरहेको छ। तर, आगामी दिनमा प्रक्रिया पु¥याउँदा पनि कुनै बैंकले सहुलियत कर्जा दिन आनाकानी गरे निर्धक्क रुपमा मलाई इमेल गर्नुहोस्।’

उनले कागजात पु-याउँदा समेत कर्जा दिन आनाकानी गर्ने बंैकलाई आवश्यक कारबाहीसमेत गर्ने बताए। बैंक तथा वित्तीय संस्थालाई बेसरेटमा बढीमा दुई प्रतिशत थप गरी कर्जा प्रवाह गर्न आग्रह गरेका छन्।

हाल सहुलियत कर्जा नौवटा शीर्षकमा प्रवाह भइरहेको छ। राष्ट्र बंैकका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को असोज मसान्तसम्म २० हजार ६ सय ५९ जनालाई ३९ अर्ब ३० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। यस अन्तर्गत १८ हजार आठ सय पाँच जनालाई ३८ अर्ब २० करोड रुपैयाँ व्यावसायिक कृषि र एक हजार आठ सय ५४ जनालाई एक अर्ब १० करोड पशुपक्षी कर्जा प्रवाह भएको छ।

 

प्रकाशित: १२ मंसिर २०७६ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App