१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या १७ पुग्यो (फोटो फिचर)

सन्धिखर्क– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने १७ पुगेको छ।

सन्धिखर्कबाट बुटवल आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस तीन सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा तीन बालबालिका समेत रहेका छन्। दुर्घटनामा १४ जना गम्भीर घाइते भएका छन्। सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीका अनुसार दिउँसो साढे एक बजे सन्धिखर्कबाट बस छुटेको थियो।

बस छुटको १ घण्टामा दुर्घटना भएको हो। सन्धिखर्कबाट बस छुट्दा नौ जना यात्रुले मात्रै टिकट काटेका थिए। बाँकी यात्रु घुम्ती भन्ने स्थानबाट बसमा चढेका थिए।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अुनसार उनका अनुसार घाइते ११ जना बुटवल र ३ सन्धिखर्क लगिएको छ। मृतक र घाइतेको सनाखत हुन सकेको छैन। बसमा ३० यात्रु रहेको अनुमान गरिएको छ।

 बस दुर्घटनाको काराण पनि एकिन हुन सकेको छैन। चालक सहचालकको अवस्था समेत पत्त्ता नलागेको प्रजिअ पौडेलले बताए।

प्रकाशित: ११ मंसिर २०७६ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App