१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा शैक्षिक महोत्सव

महोत्सवमा राखिएका शैक्षिक सामग्रीहरु। तस्बिरः दिनेश/नागरिक

रोल्पा– रोल्पा नगरपालिका–६ कोटगाउँले बृहत्त शैक्षिक महोत्सव तथा पढाई मेला सम्पन्न गरेको छ।

गत ८ गते देखि वडा शिक्षा समितिको आयोजना भएको महोत्सव बुधवार समापन गरिएको हो। महोत्सवमा ८ विद्यालय सहभागी थिए।

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रशाद केसिले महोत्सवको उद्घाटन गरेको थिए। महोत्सवमा विद्यालय र विद्यार्थीले तयार गरेका विभिन्न शैक्षिक सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो।

उक्त अवसरमा शिक्षा क्षत्रेका सरोकारवालाहरुसंग शैक्षिक वहस समेत गरिएको थियो। नयाँ शैक्षिक सामाग्री एकले अर्कोलाई देखाउन र सिकाई क्रियाकलाप आदान प्रदान गर्न शैक्षिक मेला आयोजना गरिएको हो।

नयाँ शैक्षिक सामाग्री अवलोकन पछि गाउँगाउँबाट मेलामा आएका स–साना विद्यार्थीहरु खुशी देखिन्थे। तीन दिन चलेको मेलामा १ हजार विद्यार्थी तथा आगान्तुकले अवलोकन गरेका आयोजकले जनकारी दिएको छ। 

 

प्रकाशित: ११ मंसिर २०७६ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App