१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान

कञ्चनपुर- कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान सुरु गरिएको छ।

सीमा रक्षाका लागि युवा जागरण अभियान दार्चुलाले हस्ताक्षर अभियान सुरु गरेको हो। ‘युवा जागौँ, देश बचाऔँ’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान सुरु गरिएको अभियानका संयोजक मदन गिरीले बताए।

'भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छौँ', उनले भने, 'सङ्कलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ।' मङ्गलबारदेखि सुरु अभियानका क्रममा दश हजार बढीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर अभियानमा शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताले सहभागिता जनाएका छन्। हस्ताक्षर अभियान सुदूरपश्चिम भरी सञ्चालन गरिने बताइएको छ।

प्रकाशित: ११ मंसिर २०७६ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App