१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिपरले ठक्कर दिँदा जीपमा सवार दुईकाे मृत्यु

बनेपा-दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार विहानै टिपरले ठक्कर दिँदा काभ्रे, भैंसेपाटीमा २ जना यात्रुको मृत्यु भएको छ। ५ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट बनेपातर्फ आइरहको बा४ख ३५५६ नम्बरको टिपरले मे१ज २१९१को जीपलाई ठक्कर दिएको हो।

मृत्यु हुने यात्रुहरुको सनाखत हुन सकेको छैन। एक जना मृतक जीपमै च्यापिएका र निकाल्ने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिए। मृत्यु हुने दुबैजना पुरुष रहेका छन्।
घाइतेहरुको उपचारका निम्ति शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ।

प्रकाशित: २६ मंसिर २०७३ ०१:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App