१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर सप्ताह मनाइयो

खोटाङ – खोटाङमा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाइएको छ। हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते दिक्तेलमा प्रभातफेरी गर्दै सुरु गरिएको आठौं कर दिवस गत शुक्रबार समापन गरिएको हो।

मंसिर २ गते करदाता सेवा कार्यालय आउने करदातालाई सत्कार तथा सम्मान, मंसिर ३ गते कार्यालय परिषरमा वृक्षरोपण एवं गार्डेनिङ, कात्तिक ४ गते सरकारी कार्यालयका लेखा समूहका कर्मचारीसँग इ–टिडिएस सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया, कात्तिक ५ गते उद्योग वाणिज्य संघ, लेखा व्यवसायी संघ तथा कार्यालयबीच मैत्रीपूर्ण ब्याडमिन्टन खेल, मंसिर ६ गते निजी क्षेत्र तथा सरोकारवालासँग करसम्बन्धी कानुनमा भएका व्यवस्था र सो को कार्यान्वयन सम्बन्धमा छलफल तथा अन्तरक्रिया लगायत कार्यक्रम गर्दै कर सप्ताह मनाइएको हो।

करदातालाई कर तिर्नका लागि प्रात्साहित गर्न हप्ता दिनसम्म कर सप्ताह मनाइएको करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए। जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कर सप्ताह समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्याय, उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई लगायतले राज्यलाई तोकिएको कर तिर्नु नागरिकको दायित्व भएको बताए।

प्रकाशित: ११ मंसिर २०७६ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App