१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकासको लागि अनसन बस्न तयार छु : प्रचण्ड

निजगढ कार्यक्रमा सहभागी प्रचण्डलगायत नेताहरू । तस्बिर : नागरिक

बारा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माणको कार्यलाई अगाडि बढाएर देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ ले मंगलबार निजगढमा आयोजना गरेको प्रदेश दुईका राष्ट्रिय गौरवको आयोजनाको गतिशीलताकजनसभालाई सम्बोधन गर्दै प्रचण्डले विकास निर्माणको कामलाई गति नदिने कुरा सह्य हुने बताए।

सरकारले विकास निर्माणको कामलाई तीव्र नबनाएमा आफू सडक आन्दोलन गर्न र अनसन बस्न तयार रहेको बताए।

‘तराई–मधेसका जनतासँग मेरो लभ परेको छ भनेर मैले भनेको छु,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘विकास निर्माणको कामलाई गति नदिने हो भने लभरको निम्ति म यहीं आएर आन्दोलन गर्न तयार छु।’ तराई मधेसको दुई नम्बर प्रदेशमा अहिले विकास निर्माणका कामहरू केन्द्रित गर्ने कुरामा पार्टी र सरकारको विशेष ध्यान गएको अध्यक्ष प्रचण्डको भनाइ छ। ‘अब नेकपाको जिम्मेवारी आएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘प्रदेश दुईका जनताको समृद्धिको यात्रामा सम्पूर्ण ध्यान केन्द्रित छ।’

विकास निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवार्ही गरिनेसमेत उनले बताए। ‘कयौं ठाउँमा ठेकेदारहरूले काम नगर्दा, ढिलासुस्ती गर्दा धेरै समस्या परेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘ठेकेदारले काम युद्ध स्तरमा गर्दैनन् भने तिनलाई कारबाही गर्नुपर्छ।’ तराई–मधेसको जनता इतिहासदेखि नै परिवर्तन, प्रगति, नेपाल राष्ट्रको सुरक्षा र राष्ट्रियताका लागि आन्दोलन गरेर देशमा ठुलोे योगदान गरेको अध्यक्ष प्रचण्डले बताए।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले तराई–मधेसका जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै यो प्रक्रियामा अवरोध आउन नदिने बताए। बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोसी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिँचाइ समस्या समाधान गर्ने पनि बताए। हुलाकी राजमार्गलाई निर्धारित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि रक्षामन्त्री पोखरेलले बताए।

प्रकाशित: ११ मंसिर २०७६ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App