१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अत्मघाती बम हमलामा ५६ को मृत्यु

लागोस (नाईजेरिया)-नाईजेरियाको उत्तरपुर्वी क्षेत्रमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ५६ पुगेको छ । 

घटनामा परी अरु १७७ जना घाईते भएको र घटना भएको क्षेत्रमा त्रास फैलिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । 

स्थानीय मडगाली सरकारका प्रमुख युसुफ मोहम्मदले घाइतेमध्ये ५७ जनाको अवस्था पनि गम्भीरर रहेको जानकारी दिए । 

उनले घाइतेहरुको उपचारका लागि सहयोग उपलब्ध गराउन केन्द्रीय र प्रान्तीय सरकारलाई आग्रह गरे । 

मडगाली योलादेखि २७६ किलोमिटर टाढा पर्दछ । रासस-सिन्ह्वा 

प्रकाशित: २५ मंसिर २०७३ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App