१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाम्बियाका राष्ट्रपतिद्वारा निर्वाचन परिणाम अस्विकार

बान्जुल (गाम्बिया)-गाम्बियाका राष्ट्रपति याह्या जम्मेहले गत डिसेम्बर एकका दिन भएको निर्वाचनको मतपरिणाम नस्विकार्ने बताएका छन् । 

उनले निर्वाचन भएको एक हप्तापछि शुक्रबार मत परिणाम नस्विकार्ने बताउदै नयाँ निर्वाचन गर्न माग गरेका छन् ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले चुनावका क्रममा अनियमितता भएकाले निर्वाचनको परिणाम स्विकार्न नसकिने स्पष्ट पारेका हुन् । 

“मैले स्वतन्त्र निर्वाचन आयोगप्रति पूर्ण विश्वास गरेको र इमान्दार छ भन्ने ठानेको थिएँ, तर त्यस्तो भएन, निर्वाचनका क्रममा केही गलत र पक्षपातपूर्ण काम भएको छ, उनले वक्तव्यमा भने ।

राष्ट्रपति जम्मेहले जोड दिँदै भने “म फेरी दोहोर्याएर भन्न चहान्छु, अहिले जे भएको छ, त्यसको आधारमा म मतपरिणाम स्वीकार गर्न सक्दिन, यहाँ स्विकार्नेै नसिकने गल्ती भएको छ ।” 

उनले यस निर्वाचनलाई देशको इतिहासमै सबैभन्दा शंकास्प्रद निर्वाचनको संज्ञा दिँदै आफ्ना प्रतिश्पर्धीले भन्दा धेरै भोट आफुले ल्याएको दावी गरे । 

अफ्रिका महादेशको सबैभन्दा सानो २० लाख भन्दा कम जनसंख्या भएको देश गाम्बियामा २२ वर्षअघिदेखि जम्मेहले सत्ताको नेतृत्व गर्दै आउनुभएको थियो । रासस-एएफपी 

प्रकाशित: २५ मंसिर २०७३ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App