आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ

मङ्गलबार, १० मङि्सर २०७६, २१ : १९ नागरिक

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा आज पक्राउ परेका छन्। विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। 

सोमबार सरस्वती ऐरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। “आत्महत्या दुरुत्साहनअन्तर्गत दिएको किटानी जाहेरीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाएका छौँ”, प्रहरी निरीक्षक चन्दले भने। बेलौरी घर भएका शिक्षक ऐरी कैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन्। 

अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो कार्य गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराए कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकै बेला महिलालाई आत्महत्या गर्न बाध्य पारिएको घटनाको महिला अधिकारकर्मीले भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग गरेका छन्। रासस








यसमा तपाईको मत

अन्य समाचार

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

Ncell Footer Ad