१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको सदस्यताका लागि परीक्षा लिने: उपाध्यक्ष शाक्य

रत्ननगर (चितवन)- नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमाले चितवनले शनिबार  भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन्।

उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै ‘साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्ने उल्लेख गरिन्।

सीमाङ्कनको विषयमा आयोगमार्फत काम गराउनुपर्नेमा जोड दिदै उनले भनिन्, संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ ।,  उनले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनेतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरिन्।  उपाध्यक्ष शाक्यले नेकपा (एमालले)ले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुनलागेको जानकारी दिइन्।

चितवनमा आइतबार एमाले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उनले बताइन्।

सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गरे।  परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएकोे पनि उनले जानकारी गराए। लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ । रासस

प्रकाशित: २५ मंसिर २०७३ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App