१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘नेपालमा मुटुरोगका कारण निम्तिने मृत्यु ८० प्रतिशत घटाउन सकिन्छ’

काठमाडौं – गुरूग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष डा. रजनीश कपुरले नेपालमा मुटुरोगका कारण निम्तिने मृत्यु ८० प्रतिशत घटाउन सकिने बताएका छन्। काठमाडौंमा हार्ट हेल्थ एभोकेसी अभियानको उद्घाटनमा उनले भने, ‘नेपालमा १८ प्रतिशत मानिसको मृत्यु मुटुको कारणले हुने अवस्था छ, जसमध्ये जीवनशैली परिवर्तन र प्रविधिको प्रयोगले ८० प्रतिशत रोक्न सकिन्छ।’

अभियानका माध्यमबाट नेपालमा भएका व्यक्तिले मुटुरोगसम्बन्धी विभिन्न जानकारी सजिलै प्राप्त गर्ने तथा स्वास्थ्यमा सबैको पहुँच पुग्ने उनले बताए। अभियान चिकित्सा र गैर चिकित्सा क्षेत्रका व्यक्तिहरूको सहयोगमा मुटु सुरक्षाको साझा उद्देश्यका साथ कार्यन्वयन गरिने उनले बताए।

प्रायःजसो सबै बिरामीको उपचार नयाँ प्रविधिको सहयोगले गर्ने उनले बताए। जसले बिरामीहरूलाई ओपन हर्ट सर्जरीको जोखिमबाट बचाउने उनको दाबी छ। नयाँ उपचारका उपकरण एफएफआरको प्रयोगले स्टेन्टस् वास्तवमै चाहिने वा नचाहिने निर्णय गर्न सहयोग पुर्याउँछ। नयाँ इमाजिङ टेक्नोलोजीको प्रयोगले धेरै बिरामीको जीवन बचाउन सक्ने बताइएको छ।

प्रकाशित: १० मंसिर २०७६ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App