संशोधन प्रस्ताव फिर्ता हुँदैन: नेता सापकोटा

शनिबार, २५ मङि्सर २०७३, ११ : २६ नागरिक

चितवन- नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले संविधान संशोधन प्रस्ताव फिर्ता हुन नसक्ने बताएका छन्।प्रेस सेन्टर चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसी, आदिवासी, थारुलगायतका मागलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव पेस गरिएको हुँदा फिर्ता नहुने दोहोर्याए।


नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहितको सहमतिमा ती समुदायको माग अनुसार संविधान संशोधन गर्न दिएको प्रतिबद्धता अनुसार नै संशोधन प्रस्ताव पेस भएको उनले स्पष्ट पारे। संविधान संशोधन हुन नसकेमा पनि सरकारबाट पार्टी नबाहिरिने बताउँदै उनले अहिले सरकारले निर्वाचन गराउने कुरामा केन्द्रित भएको बताए।

उनले भने, “अब निर्वाचनतर्फ जानुपर्छ, जसले गर्दा संविधान कार्यान्वयन हुन्छ ।” ५ नं प्रदेशमा भइरहेको आन्दोलनप्रति इङ्गित गर्दै उनले सो आन्दोलनमा बाह्य चलखेल र घुसपैठ भएको हुँदा राष्ट्रवादी नेपाली सचेत हुनुपर्ने बताए।

कसैको इसारामा संविधान संशोधन प्रस्ताव पेस नभएको भन्दै उनले भारतीय दूतावासले हत्तपत्त प्रतिक्रिया दिएर पार्टीलाई भारतप्रस्त जस्तो देखाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे। एक प्रश्नमा उनले कसैको इसारामा यो काम नभएकाले जिम्मेवार पत्रकारले प्रष्ट हुन आवश्यक रहेको बताए। अर्काे एक प्रश्नमा जटिल, पेचिलो र नगरी नहुने काम सङ्घीयता भएकाले यसबाट पछि नहट्ने पार्टीको अडान रहेको उनले बताए। रासस






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad