१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सागमा आउने खेलाडीको दुर्घटना वीमा

काठमाडौं- राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि  दुर्घटना वीमा  गरेको छ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी  सचिवालय तथा १३ औं साग आयोजक समितिले सोमबार वीमा कम्पनि आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो। सम्झौतामा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे।

आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिब्यक्ति पाँच लाखको वीमा गरेको हो। सम्झौतासँगै सागको वीमा प्रायोजक आईएमई रहनेछ। साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ। सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ। सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कुल ३ हजार २ सय  नेपाल आउँदैछन्। खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ।

प्रकाशित: ९ मंसिर २०७६ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App