१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बारामा सवारी दुर्घटना, चार जनाको मृत्यु

रौतहट–वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको  यात्रुवहाक बस दुर्घटना भएको छ। शनिबार विहान  बाराको आधाभार जंगलमा बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र मैनालीले जानकारी दिए। 

बीरगंजबाट यात्रु लिएर अाउँदै गरेकाे ना ६ ख ६७५४  नम्बरकाे  यात्रु वहाक बस र हेटाैंटाबाबाट पथलैया जाँदै गरेकाे बा१२ च  ८२९०नम्बरकाे कार यसअापसमा ठाेक्किएका थिए। दुर्घटनामा कारमा सवारी चारै जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। वीरगंजबाट जन्ती लिएर नारायणघाट जाँदै गरेकाे बस र हेटाैंडाबाट पथलैया जाँदै गरेकाे कार बाराकाे अमलेखगज-६ पूर्वपश्चिम राजमार्गकाे अाधाभार जंगलबा शनिबार विहान साढे सात बजे एक अापसमा ठाेक्किएकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा परी कार चालक खाेटाङ मंगलटारका २३ वर्यीय दीपक थापा मगर, कारमा सवार २५ वर्पीया कुमारी थापा, २८ वर्षीया महेन्द्र अाले र  कुमारी थापाकी ११ वर्षीय छाेरा दिलिप  मगरकाे मृत्यु भएकाे छ।

कार चालक दीपकमाे घटनास्थलमा र अन्य तीन जनाकाे उपचारकाे क्रममा हेटाैंडास्थित चुरिया हिल अस्पतालमा मृत्यु भएकाे हाे। कारमा सवार अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा सुनसरीका कमल अाले उनकी श्रीमती यशाेदा अाले र छाेरी अाहाना अाले छन्। उनीहरूकाे चुरिया हिल अस्पतालमा उपचार भइरहेकाे छ।

प्रकाशित: २५ मंसिर २०७३ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App